कञ्चनपुर। निर्माण व्यवसायी संघ कञ्चनपुरका साधारण सदस्य कमलापती भट्टको निधन भएको छ। २०७८/०९/१६ गते बिहान १० बजे उनको असामयीक निधन भएको हो।
भट्ट के पि कन्स्ट्रक्सनका सञ्चालक समेत रहेका थिए। ६२ वर्षका भट्टको हृदयघातका कारण निधन भएको निर्माण व्यवसायी संघ कञ्चनपुरकी कर्मचारी पार्वती मल्लले जानकारी दिइन्।
निर्माण व्यवसायी संघ कञ्चनपुरको साधारण सदस्यमा २०५० सालमा नियुक्त भएका भट्टको हिजो बेलुका ४ बजे महाकाली नदी भुजेलघाटमा अन्त्यष्टी गरिएको मल्लले बताइन्।