काठमाडौं। म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा निर्माणधिन घरबाट खसेर एक जनाको मृत्यु भएको छ। निर्माणधिन अबस्थामा रहेको घरको तिन तला माथिबाट खसेर जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका अन्दाजी ३३ बर्षका कृष्ण पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
निर्माणधिन घरबाट खसेर घाइते भएका पुनको उपचारका लागि बेनी अस्पताल पुराएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।