कालिका गाउँपालीका, रसुवाले आर्थिक वर्ष २०७८।७९ मा आफ्नो गाउँपालीकास्थित अपाङ्ग असहाय तथा मानव आश्रम भवन निर्माण गर्ने भएको छ।
जिल्लामा नै संभवत पहिलो पटक निर्माण हुन लागेको उक्त आश्रमको लागि करिब २ करोड ६५ लाख लागत विनियोजन गरेको छ।
आश्रमको निर्माण पछि रसुवा जिल्ला तथा नजिकका जिल्लाहरुमा रहेका अपाङ्ग, असहाय तथा अशक्तहरुलाई एउटा सुरक्षित वासस्थान मिल्ने सो गाउँपालीकाले विश्वास लिएको छ।
परिवार तथा आफन्तबाट अपहेलना सहँदै आएको अपाङ्ग,असहाय तथाअशक्त जनताको गाँस, बाँस तथा सुरक्षाको प्रत्याभुति दिने नसकेको केन्द्रिय सरकार तथा प्रदेश सरकार लगाएत अन्य अन्य स्थानीय तहकालागी समेत यो एक उदारणीय कार्य हुने विश्वास लिएको छ।