काठमाडौं । गल्छी–रसुवागढी सडकअन्तर्गत उत्तरगया स्कुलदेखि बेत्रावतीसम्म सडकको ट्र्याक खोल्ने काम भइरहेकाले पैदल यात्रु आवागमनमा समेत कडाइ गरिएको छ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका अनुसार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म प्रत्येक दुई घण्टाको बीचमा १५ देखि २० मिनेट मात्र पैदल यात्रुलाई आवतजावत गर्न दिइनेछ।
ट्र्याक खोल्ने क्रममा जुनसुकै बेला पैदल यात्रु कार्यस्थलबाट आवतजावत गर्दा काममा ढिलाइ हुनुका साथै सुरक्षामा समेत जोखिम देखिएको योजनाले जनाएको छ। त्यसैले निर्माण कार्यलाई तीव्रता दिन र सम्भावित दुर्घटना रोक्न आवागमनमा कडाइ गरिएको हो।
योजनाले रातको समयमा समेत उक्त सडकखण्डमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।