काठमाडौं। दक्षिण–पश्चिम चीनको एक सहरमा निर्माणस्थलमा पहिरो जाँदा कम्तीमा १४ मजदुरको मृत्यु भएको छ। चिनियाँ प्रान्त गुइझाओको बिजी सहरमा जारी निर्माणस्थलमा पहिरो जाँदा कम्तीमा १४ मजदुरको घटनास्थलमा नै मृत्यु भएको र ३ जना घाइते भएका हुन्।
सोमबार राति गएको उक्त पहिरोमा करिब १७ जना पुरिएको बताइएको छ। यसैगरी ७२० उद्धारकर्मीहरुले पहिरोमा पुरिएकाहरुको खोजी कार्य जारी रहेको सिजिटिएनमा खबर छ। हालसम्म पहिरो गएको क्षेत्रबाट ८ जना मानिसहरुको उद्धार गरिएको जनाइएको छ।