बैतडी। बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका अन्र्तगत देउलेकमा विभिन्न नागरीक पुर्वाधारका संरचनाहरु निर्माण हुने भएको छन्। त्यस ठाउँको विकासलाई प्राथमिकतामा राखेर उक्त संरचनाहरु निर्माण गर्ने भएको हो।
उक्त संरचना निर्माणको लागि दोगडाकेदार गाउँपालिकाले करिब ३ करोड भन्दा बढी लागतमा कार्य सम्पादन गर्ने सर्तमा राजेन्द्र-इन्द्रधनु जोइन्ट भेन्चर कम्पनीलाई ठेक्का दिइसकेको छ। उक्त कम्पनीले काम समयमा नै सम्पन्न गर्ने सर्तमा ठेक्का स्वीकार गरीसकेको दोगडाकेदार गाउँपालिकाले जनाएको छ।