काठमाडौं। ज्योति विकास बैंकले काठमाडौं महानगर–१ महेन्द्र शालिक चोक कमलादीमा निर्माण गरेको ट्राफिक लाइट ट्राफिक महानगरलाई हस्तान्तरण गरेको छ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत निर्माण गरिएको ट्राफिक लाइट महाशाखालाई हस्तान्तरण गरिएको हो।
बैंक सञ्चालक समिति सदस्य तथा हाम्रो विकास प्रवद्र्धन कोषका संयोजक सुरेन्द्र नेपाली, ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराई र काठमाडौं महानगर– १ का वडा सदस्य अशोककुमार श्रेष्ठले संयुक्त रूपमा ट्राफिक लाइट उद्घाटन गरेका छन्।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टलगायतका पदाधिकारी र महानगरीय ट्राफिक प्रहरी वृत्तका विभिन्न पदाधिकारीको उपस्थिति रहेको थियो।