काठमाडौं। रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा हुने भनिएको स्थान परिवर्तन गरिएको छ। कम्पनीको आगामी पुष २६ गते हुने साधारण सभा महाराजगञ्जमा गर्ने भनिएकोमा कम्पनीले स्मार्ट क्याफे धुम्वाराहीको हलमा गर्ने भएको हो।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी कम्पनीको चुक्तापूँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढी हुनेगरी ऋण लिने निर्णय अनुमोदन तथा थप ऋण लिन स्वीकृति प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने कम्पनीले जनाएको छ।