काठमाडौं। चीनले निर्माण गरेको ‘कृत्रिम सूर्य’ को सफल परीक्षण भएको छ। चीनले निर्माण गरेको वास्तविक सूर्यभन्दा पाँच गुणा तातो ‘कृत्रिम सूर्य’को परीक्षण सफल भएको हो।
एक्सपेरियन्सल एड्भान्स्ड सुपरकन्डक्टिङ टोकामाक (ईएएसटी) नाम दिइएको परीक्षणलाई बेइजिङले पारमाणविक फ्युजन भट्टी भनेको छ।
७ करोड डिग्री सेल्सियस ताप भएको सो भट्टीलाई परीक्षणका क्रममा १७ मिनेटभन्दा बढी समय सञ्चालनमा ल्याइएको थियो। पछिल्लो परीक्षणले वैज्ञानिकहरुलाई ‘असिमित स्वच्छ ऊर्जा’ तर्फ अघि बढेको विज्ञहरुले बताएका छन्।
हाइड्रोजन र डियुटेरियमलाई उमालेर प्लाज्मा बनाइ सो भट्टीको तापक्रमक सूर्यकोभन्दा पाँच गुणबढी बनाइएको छ। कृत्रिम सूर्य चलाउन जीवाशेष इन्धनको आवश्यकता नपर्ने तथा त्यसले कुनै हानिकारक चिज उत्सर्जन नगर्ने भएकाले यसलाई भौतिकशास्त्रीहरूले वातावरणमैत्री मान्दै आएका छन्।