काठमाडौं। चौधरी ग्रुपले उधम व्यवसायवाट गत आर्थिक वर्ष २०७७/७८ मा सरकारको राजस्व खातामा १४ अर्व २८ करोड राजस्व रकम जम्मा गरेको छ। कोभिड महामारीको कारण नेपालको समग्र अर्थतन्त्र शिथिल बनेको बेला चौधरी ग्रुपले तिरेको उक्त राजस्व रकम गर्व गर्न लायक रकम हो। उक्त ग्रुपले बुझाएको राजस्व रकम कुन–कुन शिर्षकमा बुझाएको भन्ने कुरा खुलाएको छैन्।
चौधरी ग्रुपले यस अघि आर्थिक वर्ष २०७४/७५ मा ९ अर्व ६७ करोड राजस्व बुझाएको थियो। त्यसको तीन वर्षमा राजस्व रकम १४ अर्व २८ करोड पुगेको हो। यस ग्रुपले सरकारको कुल राजस्व अन्र्तगत आफ्नो १.७३ प्रतिशत योगदान रहेको कुरा दाबी गर्दै आएको छ। कोभिडको कारण गत वर्ष सिजी इन्डस्ट्रियल पार्कमा रहेको उक्त ग्रुपद्धारा सञ्चालित उधोग करिब २ महिना जति बन्द भएको कुरा सिजी ग्रुपले जनाएको छ।