काठमाडौं। यमनको दक्षिणी प्रान्त शाब्वामा बारुदी सुरुङ विष्फोट हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ।
शनिबार भएको विष्फोटमा परी कम्तिमा ५ जनाको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई जानकारी दिए।
विष्फोटक पदार्थहरु हुथी मिलिशियाले शाब्वाको उसलान जिल्लाबाट फिर्ता हुनु अघि राखेको हुन सक्ने स्थानीय सैन्य स्रोतले जनाएको छ।
सरकार समर्थक सेनाहरूसँग सम्बद्ध विष्फोटक विशेषज्ञहरूको टोलीले शाब्वामा हुथीद्वारा बिछ्याइएको बारुदी सुरुङ्ग भत्काउन अभियान शुरु गरेको जनाइएको छ।