सिन्धुली। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा तीन ठूलो खानेपानी आयोजना निर्माण थालिएकाे छ
गाउँपालिकाले चालु आर्थिक वर्षमा तीन ठूला खानेपानी आयोजना निर्माण गर्न शुरु गरेको हो।
तीन ठूला आयोजनामध्ये हरिहरपुरगढी गाउँपालिका २ को सिरपुर–झनझने–रतनपुर खानेपानी आयोजना निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको गाउँपालिकाले जनाएको छ।
सिरपुर–झनझने–रतनपुर खानेपानी आयोजना नेपाल स्वास्थ्यको लागि पानी (नेवा) संस्था तथा गाउँपालिकाको साझेदारी र जनश्रम दानबाट निर्माण भएको गाउँपालिले जनाएको छ। सिरपुर–झनझने–रतनपुर खानेपानी आयोजनाबाट वडा नं. २ का करिब ४ सय घरधुरीका नागरिक खानेपानी सुविधाबाट प्रत्यक्ष लाभान्वित हुने छन्।
करिब १ करोड ९० लाखको हाराहारीमा निर्माण भएको खानेपानी आयोजनामा ३० लाख जनश्रमदान, ६० लाख गाउँपालिका र एक करोड नेपाल स्वास्थ्यको लागि पानी (नेवा) संस्थाको साझेदारी रहेको बताइएको छ।
चालु आर्थिक वर्षको असार मसान्त सम्ममा निर्माण सम्पन्न गर्ने गरी हरिहपुरगढी गाउँपालिका ४ मा हाक्पारा खानेपानी आयोजना र हरिहरपुरगढी गाउँपालिका ५ मा बोटेनी खानेपानी आयोजना निर्माणको प्रक्रिया सुरु भएका छन्।