रामेछाप। रामेछाप र दोलखाको सिमानालाई जोड्ने पर्यटकीय गन्तव्य स्थलको रुपमा रहेको शैलुङ डाँडामा पहिलो पटक बिजुली बलेको छ। पर्यटकीय गन्तव्यको रुपमा रहेको शैलुङ क्षेत्रमा विजुली बलेपछि अझ बढी आकर्षण थपिएको छ। नेपाल विधुत प्राधिकरण र दोरम्बा शैलुङ गाउँपालिकाका राजभीर टासी छोलिङ गुम्बाका धर्मगुरुको पहलमा शैलुङ अन्तर्गत रहेको छर्योतेन र भ्युटावरमा विजुलि बलेको हो।
करिब ८ लाखको लगानीमा उक्त क्षेत्रमा बिजुली वालीएको हो। बिजुलि बत्ती बलेपश्चात रामेछाप जिल्लाको शिर तथा मुहार नै उज्याले भएको छ। उक्त कार्यले रामेछापको विकासलााई उजागर गरेको छ। बिजुली बत्तीको निर्माण पश्चात यस क्षेत्रमा पर्यटनको आकर्षण बढदो अवस्थामा रहेको छ।
केहि समय अगाडी पर्यटन विभागले दोरम्बा शैलुङ गाउँपालिकालाई भ्युटावर हस्तान्तरण गरेको थियो। यस क्षेत्रको सौन्दर्यलाई नबिगार्ने हेतुले बिजुलीको तारलाई जमिनमुनिबाट लगिएको छ। बिजुली बत्ती बलेपश्चात जिल्लाको शान बढेसँगै पर्यटनको बढदो आकर्षनले उक्त ठाउँको आर्थिक विकासमा पनि टेवा पुगेको छ।