फाइल तस्बिर
धादिङ। धादिङको रुबीभ्याली गाउँपालिका–१ पुरुमा सडक खन्ने क्रममा पहिरो जाँदा तीन जना बेपत्ता भएका छन्।
रुबीभ्याली–१ पुरु नजिकै तिप्लीङको लबदुङबाट लिङ्जोतर्फ जाने सडक खन्ने क्रममा पहिरो जाँदा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा डोजर चालक, सहचालक र एक जना सडक समितिका पदाधिकारी रहेको बताइएको छ।
घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ। प्रहरीकाअनुसार उद्धारको लागि टोली परिचालन भइसकेको छ।