काठमाडौं। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको विकास साथै समन्वय समितिको गत सोमबार बसेको बैठकले पुनःनिर्माण कार्यमा सन्तोषजनक उपलब्धि हासिल भएको निष्कर्श निकालेको छ। बैठकले मंसिरमा आयोजना हुने अन्तराष्ट्रिय सम्मेलनमा विकास साझेदारबाट उच्चस्तरको सहभागिता रहने निर्णय पनि गरेको छ। कार्यक्रममा विकास साझेदार निकायका नेपाल प्रमुख तथा प्रतिनिधि तथा एडीबी, विश्व बैंक, एफसीडीयो, यूएनडीपी युनिसेफ आदिले पुनःनिर्माणमा आफ्ने–आफ्नो निकायको वित्तीय तथा प्राविधिक धारणालाई व्यक्त गरेका थिए।
विपद् जोखिम न्युनीकरण गरी उत्थानशील नेपाल निर्माणको उद्देश्यलाई विश्व बैंकको निरन्तर सहयोग रहने साथै देशभरी रहेको विधालयहरुको संरचनात्मक सामथ्र्य अध्ययन गर्न राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनले प्राधिकरणलाई सहयोग पुर्याएको कुरा पनि कार्यक्रममा व्यक्त गरीएको थियो। जाइकाले भुकम्पले क्षती पुर्याएको भौतिक संरचनाको पुनःनिर्माणमा सहयोग पुर्याउदै आएको छ। आगामी दिनहरुमा आउने विपदमा पनि जोखिम न्युनीकरणको लागि जाइका रहेको साथै अन्तराष्ट्रिय सम्मेलन सफल पार्नको लागि सहयोग गर्न तयार रहेको कुरा जानकारी दिइएको छ।
प्राधिकरणले भुकम्प पछि नेपालको पुनःनिर्माण कार्यमा विकासका साझेदार तथा मित्र राष्ट्रहरुलाई आभार ब्यक्त गर्दै आगामि दिनमा आउने जोखिम न्युनीकरण तथा व्यवस्थापनमा निरन्तर सहयोग आउने अपेक्षा राखेको छ। अन्तराष्ट्रिय समुदायमा पुनःनिर्माण तथा व्यवस्थापनमा प्राप्त भएको अनुभवलाई बाँडने उद्देश्यको साथ फेरी आउदो मंसिरमा अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ। उक्त बैठकमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र राष्ट्रिय विपद् जोखिम न्युनीकरण र व्यवस्थापन प्राधिकरणले सम्बन्धित निकायसँगको पृष्ठपोषणसहित अन्तिम रुप दिएर आगामि सम्मेलन प्रस्तुत गर्ने सहमति भएको हो।
प्राधिकरण योजना तथा महाशाखा प्रमुखले पुनःनिमाृणमा हालसम्म प्राप्त भएका उपलब्धिहरु, प्राधिकरणको बहिर्गमन योजना तथा विकास साझेदारबाट प्राप्त भएको सहयोगबारे जानकारी गराएको थियो। उक्त कार्यक्रममा परराष्ट्रमन्त्रालय तथा अर्थ मन्त्रालयको प्रतिनधिको पनि सहभागिता रहेको थियो। पुनःनिर्माण कार्यमा संलग्न रहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय विकासका साझोरहरुलाई समन्वय गर्ने गराउने उद्देश्यले गत कार्तिकमा समिति गठन भएको थियो।