काठमाडौं। संखुवासभाको सभापोखरी गाउँपालिका–३ बाह्रबिसेस्थितमा निर्माणाधिन स्वास्थ्य चौकी भवनमा निरीक्षण गर्ने क्रममा करेन्ट लागेर एक इन्जिनियरको मृत्यु भएको छ। ललितपुर गोदावरी बस्ने सप्तरी घर भएका सिभिल ईन्जिनियर २८ वर्षीय अनिल ठाकुरको मृत्यु भएको हो।
निर्माणधीन भवनको गाह्रोमा चढी निरीक्षण गर्ने क्रममा बिद्युत प्रसारण लाईनको तारमा पर्न गई करेन्ट लागेर बेहोस भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।