काठमाडौं। बाजुरा जिल्लाको बडीमालिका नगरपालिकाले दसौँ नगरसभाबाट पाँचवटा गौरवका योजना अघि बढाएको छ। नगरपालिकाले गौरवका आयोजना केबुलकार देखि पर्यटन विकाससम्मका आयोजनाहरु अघी बढाएको हो।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा बुढाकोर्ध फूल चढाउने केबुलकार आयोजना, बूढीगङ्गा नदी नियन्त्रण तथा जीविकोपार्जन परियोजना, नगरस्तरीय खेलकुद पूर्वाधार विकास आयोजना सञ्चालन गर्ने उपप्रमुख कविता विष्टले जानकारी दिएकी छीन्।
यसैगरी बडीमालिका पर्यटन विकास आयोजना, मार्तडी नमूना सहर विकास आयोजना र बडीमालिका औद्योगिक क्षेत्र विकास परियोजना नगरसभाले पारित गरेको उनले बताईन्।
नगरपालिकाको चालुतर्फको कूल रू ३० करोड ८८ लाख ७७ हजार ८२ बजेटमध्ये रू आठ करोड २६ लाख १९ हजार ७९५ खर्च भएको र पूँजीगततर्फ रू १७ करोड ६७ लाख ३० हजारमध्ये एक करोड २९ लाख ६ हजार ३८ खर्च भएको जनाइएको छ।