बैतडी। चट्याङले बैतडीका विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका टावरमा क्षति पुर्याएको छ। गत पुस २६ गते परेको चट्याङले दोगडाकेदारस्थित खोचलेक, श्रीभावर, कठपतेलगायतका टेलिकमका टावरमा क्षति गरेको हो।
एक हप्तादेखि टेलिकमको नेटवर्क नआउँदा सञ्चारका लागि समस्या भएको दोगडाकेदार गाउँपालिकाले जनाएको छ। नेपाल टेलिकम बैतडीलाई समस्या समाधानबारे जानकारी गराए पनि हालसम्म मर्मत नभएको स्थानीयको गुनासो छ।
खोचलेकमा रहेको टावरमा चट्याङले बढी क्षति गरेको र अन्यमा भने सामान्य क्षति पुगेको जनाइएको छ। धनगढीबाट प्राविधिकको टोली आएर मर्मतको काम सुरु गरिसकेको र एक दुई दिनभित्रै समस्या समाधन हुने बताइएको छ।