चितवन। चितवनको रेडक्रसग्राम अन्र्तगतको कालिका नगरपालिकाले ढोकुन थोर्वालिङ गुम्बा निर्माण गर्ने भएको छ। उक्त नगरपालिकाले धार्मिक पुरातत्वलाई प्राथमिकता दिँदै उक्त गुम्बा निर्माण गर्न लागेको हो। जुन कार्यले कालिका नगरपालिकाको शानलाई पनि बढाउनेछ। गुम्बा निर्माण सँगै त्यहाँ पुर्वाधारको पनि विकास हुने छ।
उक्त गुम्बा निर्माणको लागि कालिका नगरपालिकाले ४ करोड भन्दा माथिको लागतमा एम.एस ड्रेगन जेभी कम्पनीलाई ठेक्का दिइसकेको छ। उक्त कम्पनीले समयमा नै काम सक्ने सर्तमा उक्त ठेक्का सम्झौता स्वीकृत गरेको छ।