काठमाडौं। पोखरामा लामो समयदेखि निर्माण व्यवसायमा संलग्न रोल्पाका धनपति बुढामगर १० दिनदेखि सम्पर्कविहीन भएका छन्। पोखरा लामाचौर बस्दै आएका मगर कास्कीकै धम्पुसबाट पोखरा आएपछि पुस ३० बाट सम्पर्कविहीन भएका हुन्।
३७ वर्षीय धनपतिको परिवार निर्माण कामकै शिलशिलामा धम्पुस पुगेको र त्यहाँबाट मोटरसाइकल लिन पुस २७ गते मगर पोखरा झरेको बताइएको छ।
बाइक बिग्रेको र बाइक बनाएर फर्किन्छु भन्दै हिडेका मगर घर नफर्किदा परिवार चिन्तित बनेका छन्। मगर हराएपछि सबैलाई खोजिदिन उनले आग्रह गरेको उनकी श्रीमती टेकमा बुढामगरले बताइन्। धनपति हराएको बारे परिवारले प्रहरीलाईसमेत जानकारी दिइसकेको छ।