काठमाडौं। नेपाली बजारमा अमेरिकाको डियर तथा उक्त कम्पनीको सहायक कम्पनी जोन डियरको ५० एचपी फोर हिव्लड्राइभ नामक नयाँ ट्रयाक्टर आएको छ। उक्त ट्रयाक्टर अत्याधुनिक प्रविधि लगाएत विभिन्न विषेशता हुने भएको कारणले गर्दा किसानहरुको कृषि खेतिमा उत्पादकत्व पहिलेको तुलनामा अत्यधिक बढाउने हुँदा आम्दानीमा पनि बृद्धि हुने कम्पनीको दावी रहेको छ। उक्त ट्रयाक्टरलाई कम्पनीको आधिकारीक बिक्रेताले एक समारोहमा विक्रि वितरण सुरु गरेको थियो।
डीयर एण्ड कम्पनी अत्यधुनिक प्रविधियुक्त वस्तुको उत्पादन गर्ने तथा उपभोक्तालाई पनि उत्कृष्ट सेवा दिने उत्कृष्ट कम्पनीको रुपमा विश्वमा प्रचलित रहेको छ। कम्पनीले १८३७ देखि नै खेतिपातीको लागि विशेषतायुक्त साधनहरु ल्याउँदै आएको छ।