पाल्पा। निस्दी गाउँपालिका–६ अर्चलेको सिमलडाँडा र रनगुवा टोलमा खेलमैदान निर्माण गरिएको छ।
निस्दी गाउँपालिकाको ३ लाख ६० हजार अनुदान सहयोग र स्थानीय जनसहभागिताको ४० हजार गरी ४ लाखको लागतमा सिमलडाँडामा खेलमैदान निर्माण गरिएको हो।
सोही बजेटमा रनगुवाटोलमा पनि खेलमैदान निर्माण गरिएको छ । अहिले खेलमैदान व्यवस्थित भएपछि पालिकास्तरीय खेल आयोजना गर्ने र यहाँका खेलाडीलाई प्रोत्साहन गर्दै खेलकुदका कार्यक्रममा जोड दिइने बताइएको छ।
व्यवस्थित खेलमैदान नहुँदा खेल खेल्न अप्ठ्यारो परेका बेला अब भने खेल खेलाउन र विभिन्न कार्यक्रम गर्न सजिलो पर्ने खेलकुद समन्वय समितिले जनाएको छ।