पाँचथर। तीन वर्ष अगाडी देखि नै सञ्चालनमा आएको पाँचथर फिदिममा रहेको स्थायी बसपार्कको सदुपयोग हुन सकेको छैन्। फिदिमको बजारी क्षेत्रमा भएको सवारी चापलाई कम गरेर उक्त क्षेत्रलाई व्यवस्थित गर्दै स्वच्छ, सफा र सुन्दर नयाँ शहर विकास निर्माणको लागि विगतको बसपार्क सबै सरोकारवालाको साझा भावना भएको भएता पनि निर्माण भएका संरचनाहरु नै प्रयोगमा नआउँदा बजार क्षेत्र अस्तब्यस्त बनेको छ। ब्जार क्षेत्रमा सवारी चाप दिनानुदिन बढ्दै गएको कारणले गर्दा व्यवस्थापनमा चुनौति थपिँदै गएको छ।

लामो दुरीको सवारी साधनको पार्किङ साथै यात्रु चढाउने र उतार्ने काम पनि बजार क्षेत्रबाट नै भइरहेको छ भने छोटो दुरीको सवारी साधनहरु बसपार्कसम्म नै पुग्दैनन्। एकतीर तीन वर्ष अगाडीदेखि निर्माण पुरा भएको बसपार्कको सदुपयोग भएको छैन भने अर्कोतिर बजार क्षेत्रमा जामले अस्तब्यस्त बनाएको कुरा स्थानीयले बताएका छन्। बसपार्क सञ्चालन नहुँदा निःशुल्क जग्गा उपलब्ध गराएका स्थानीयबासीले लाभ लिन नसकेको कुरा एकातीर छ भने सरकारी लगानी सदुपयोग नभएको कुरा अर्कोतिर रहेको छ । सरकरी लगानीको उपयोग साथै बजार क्षेत्रको समस्यालाई हल गरी प्रभावकारी रुपमा बसपार्क सञ्चालनमा ल्याउन त्यहाँका स्थानीयले माग गरेका छन्।
सम्बद्ध निकाय बसपार्कको कार्यन्वयनमा प्रतिबद्ध भएको भएता पनि स्थानीय सरकारले ध्यान नदिएको कारणले बसपार्क सञ्चालन र बजार क्षेत्रका समस्या समाधान हुन नसकेको हो। नगरपालिकाले स्थायी बसपार्कको प्रभावकारी सञ्चालनमा रहेता पनि व्यवसायीले सहयोग नगरेकोमा गुनासो गरेको छ। पल्लोटारमा बसपार्क सञ्चालन हुँदा फिदिमको बजार नसर्ने र ब्यवसायीहरुलाई समस्या नपर्ने भएता पनि त्यस स्थानको स्थानीयलाई मनाउन नसकिएको कुरा नगर प्रमुखले जनाएको छ।
बढ्दो मानवीय तथा सवारी साधनको चापलाई व्यवस्थित गर्न स्थिानीयले निःशुल्क प्रदान गरेको ९ रोपनि जग्गामा तीन करोड लगानीमा पल्लोटारमा सुविधायुक्त स्थायी बसपार्क निर्माण थालिएको थियो। सबै पक्षको जोडबलले २० वर्षमा बनेको उक्त बसपार्क कार्यन्वयन नहुँदा नयाँ शहरको रुपमा विकास गर्ने सरकारी लक्ष्यको काममा पनि फिदिवासीले शंका व्यक्त गरेका छन्।