काठमाडौं। निर्माणधिन लुम्बिनी केबलकारको काम धमाधम चलिरहेको छ। व्यवसायिक घरना आइएमई ग्रुपको लगानीमा निर्माणधिन केबलकार एक वर्षभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको हो।
आगामी २०७९ पुससम्म केबलकार निर्माण सम्पन्न हुने ग्रुपले जानकारी दिएको छ । बुटवलदेखि पाल्पासम्मको केबलकारको लम्बाई ३ किलोमिटर रहेको छ । लुम्बिनी केवलकार प्रालिले निर्माण गरिरहेको केबलकारको लागत साढे ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ।
केबलकारको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते शनिबार शिलान्यास गरेका थिए। केवलकारले बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्नेछ ।
बुटवल उपमहानगरपालिका ३ बमघाटमा केबलकारको तल्लोस्टेसन र पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुरमा माथिल्लो अन्तिम स्टेसन रहने भएको छ । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३, बसन्तपुर डाँडामा टपस्टेशन तथा होटल कम्प्लेक्स निर्माण हुने भएको छ ।