काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिले सूचना प्रविधि क्षेत्रको विकासका लागि विज्ञसँग छलफल गर्न आग्रह गरेको छ ।
मंगलबार काठमाडौंमा आयोजित सूचना प्रविधि क्षेत्रको विकाससम्बन्धि अन्तरक्रिया कार्यक्रममा समितिकी सभापति कल्याणी खड्काले सरोकारवालाहरुसँग विस्तृत छलफल गरेर मात्रै सूचना प्रविधि क्षेत्रको विकासमा लाग्न सरकारलाई आग्रह गरेकी हुन् ।
निजी क्षेत्रको गुनासोलाई सम्बोधन नगरी सूचना प्रविधि क्षेत्रको विकासले गति लिन नसक्ने उहाँको भनाइ छ ।
उनले निजी क्षेत्रले सरकार पुग्न नसकेको ठाउँमा पनि सूचना प्रविधिको विकास पुर्याएको उल्लेख गर्दै त्यसलाई ग्रहण गरेर सरकारी निकायहरुले पनि अघि बढनुपर्ने आवश्यक्ता रहेको बताइन् ।
सभापति खड्काले सूचना प्रविधि क्षेत्र नयाँ भएकाले यसको विकासमा सरोकारवाला निकायहरुसँग बलियो सहकार्य गरेर अघि बढन सरकारलाई पटकपटक निर्देशन दिइएको बताइन् ।