काठमाडौं। भारतको पुणेमा निमार्णाधीन भवनमा फलामको स्ल्याब खसेर सात जना मजदुरको मृत्यु भएको छ। उक्त दुर्घटनामा परी अन्य तीनजना घाइते भएका छन्।
दुर्घटना यरवडा क्षेत्रको शास्त्री वाडिया बंगला नजिक भएको हो। भवनको बेसमेन्टमा रहेको फलामको स्ल्याब भत्किँदा उक्त दुर्घटना हुन पुगेको बताइएको छ। दुर्घटनामा मृत्यु हुने अधिकांश व्यक्ति बिहारका रहेका जनाइएको छ।