धादिङ। धादिङमा औद्योगिक ग्राम बनाउनका लागि उद्योग मन्त्रालय र नीलकण्ठ नगरपालिकाबीच सम्झौता भएको छ। धादिङमा १४ करोड लागतमा औद्योगिक ग्राम बनाउन बिहीबार सम्झौता भएको हो।
सम्झौतापत्रमा मन्त्रालयको औद्योगिक पुर्वाधार तथा वातावरण महाशाखा प्रमुख चन्द्रकला पौडेल र निलकण्ठका नगरप्रमुख भीम ढुंगानाले हस्ताक्षर गरेका छन्।
औद्योगिक ग्राम पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको हो। ८ नम्बर वडास्थित रामकोट घिउरिनटारमा रहेको ५० रोपनी क्षेत्रफलमा औद्योगिक ग्राम निर्माण गर्ने योजना नगरपालिकाको छ।
ग्राममा स्थानीय कच्चा पदार्थमा आधारित साना, घरेलु तथा मझौला उद्योग स्थापना गरि युवा रोजगारी, उद्यमशीलताको विकास गर्ने लक्ष्य लिइएको छ। यो योजनाका लागि १४ करोड बजेट लाग्ने अनुमान गरिएको छ।