अमेरीका। घरको रेखदेख गर्नसक्ने एस्ट्रो रोबोट चर्चित प्रविधि कम्पनी अमेजनले ल्याउने घोषणा गरेको छ। उक्त कम्पनीले एलेक्सा स्मार्ट होम टेक्नोलोजीले निर्माण गरेको आफ्नो पहिलो हाउसहोल्ड रोबोट ल्याउने घोषणा गरेको हो।
उक्त रोबोटले घरपालुवा जनावर, मानिस र घरकै सुरक्षा अवस्थाको अनुगमन गर्न सक्ने कम्पनीले जनाएको छ। उक्त रोबोटलाई रिमोर्ट द्धारा कन्ट्रोल गर्न सकिन्छ। सोही रोबोटले स्वचालीत रुपमा घरको हेरविचार गर्नसक्ने भएका कारणले गर्दा यसलाई घरको सुरक्षाको रुपमा महत्वपुर्ण मानिन्छ। स्वचालीत रुपमा संचालन हुने भएकाले घरमा कुनै पनि प्रकारको अस्वाभाविक गतिविधि भए तथा केही भेटिएमा घरधनिलाई सहजै सुचना दिन सक्छ। यसले गर्दा घरहरु सुरक्षीत भई घरधनिहरुपनि आनन्दले घर छोडेर हिड्न सक्ने वातावरण सिर्जना हुनेछ।
उक्त रोबोटमा विभिन्न प्रकारका गतिविधि र हाउभाउको प्रोग्राम गरिएको हुन्छ। सबैभन्दा माथी सानो रोबोटमा पेरिस्कोप क्यामरा राखिएको हुन्छ, जसको मुल्य नौ सय ९९ अमेरीकी डलर पर्नेछ। हाल अमेरीकामा मात्र उपलब्ध भइरहेको उक्त रोबोट यही वर्ष देखी बजारमा पनि उपलब्ध हुनेछ। सोही रोबोटको मुल्य १४ सय ४९ अमेरीकी डलरसम्म पर्नसक्नेछ।