काठमाण्डौं। नेपालमा स्थापीत भैरव टेक्नोलोजी विश्वका एमएसएसपी प्रदायकमध्ये १५१औं स्थानमा पर्न सफल भएको छ भने एसीयाका उत्कृष्ट २५ मा परेको छ। सन् २०१८ मा स्थापना भएको उक्त टेक्नोलोजीले स्थापनाकालदेखी नै विभिन्न राष्ट्रीय र बहुराष्ट्रीय कम्पनीलाई उत्कृष्ट साइबर सेक्युरिटी सोलुसनहरु प्रदान गर्दै आएको जनाएको छ।