काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक टावर निर्माण गरिने भएको छ। उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि आधुनिक प्रविधिसहितको ट्राफिक टावर निर्माण गरिने भएको हो।
गृह मन्त्रालयले गृह प्रशासन सुधार कार्ययोजना, २०७८ तयार पार्दै तीन वर्षभित्र टावर निर्माण गरिने कार्ययोजना सार्वजनिक गरेको हो। कार्ययोजना सार्वजनिक गर्दै गृहमन्त्री बालकृष्ण खाणले काठमाडौं उपत्यकाका भएको ट्राफिक जाम न्यूनीकरण र व्यवस्थित बनाउन उक्त टावरले सहयोग गर्ने बताए।
यस टावरबाट ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक व्यवस्थाको निगरानी र कारबाही गर्नेछ।
यसबाहेक काठमाडौं उपत्यकाका मुख्य सडकहरूमा थप ट्राफिक लाइट जडान गरिने भएको छ। एक वर्षभित्रमा उपत्यकाका १५ स्थानमा ट्राफिक लाइट जडान गरिने गृह मन्त्रालयले जनाएको छ।