ताप्लेजुङ। बिजुलीको पोलमा चढेर बिजुली मर्मत गर्ने क्रममा झरेर नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ। फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइन निवासी ४८ वर्षीय सूर्यप्रकाश लिम्बूको पोलबाट खसेर सोमबार मृत्यु भएको हो।
पोलबाट भुइँमा बजारिएर घाइते भइ ताप्लेजुङ जिल्ला अस्पताल लगेको र अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।