तेह्रथुम। साँगुडीगढी गाउँपालिका ५ डाँडाबजार तुङ्खा घर भइ हाल बेलायतमा बस्दै आएका नवीनकुमारी इमेहाङ चबेगु र हरिबहादुर चबेगुले छथर गाउँपालिका–४ फाक्चामारा हाक्पारामा आफन्तको सालिक निर्माण गरेका छन्।
नवीनकुमारीको बुबा स्वर्गीय चहकमान इमेहाङ र आमा स्वर्गीय हर्करोती सम्बाहाम्फे इमेहाङको स्मृतिमा २० लाख रुपैयाँ लगानीमा सालिक तथा पाटी निर्माण गरेको बताइएको छ।
नवीनकुमारीको बुबा–आमा तथा हरिबहादुरको सासु ससुराको स्मृतिमा सालिक निर्माण गरी अनावरण गरेका हुन्।