रुपन्देही। रुपन्देहीको तिलोत्तमामा स्केटिङ मैदान निर्माण गर्न शुरु गरिएको छ। स्केटिङ खेल र खेलाडीको विकासका लागि करिब साढे २ करोडको गुरुयोजना तयार गरेर इन्डोर स्केट पार्क एण्ड रिसोर्स सेन्टर स्थापना गर्न शुरु गरिएको हो।
खेलाडी तथा खेल सम्बद्ध संघसंस्थाहरूको सहयोगमा करिब साढे २ करोडको गुरुयोजना तयार गरेर १० कठ्ठा क्षेत्रफलमा ३ चरणमा सम्पन्न गर्ने गरी काम थालिएको हो।
व्यवसायिक स्केट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सुरु गरिएको सेन्टरमा आवासीय प्रशिक्षण दिइने छ ।
जसमा प्रशिक्षण केन्द्रसहित पुस्तकालय र आवाससमेत बनाइने छ। एसियन गेम समावेस रहेको यो खेलमा नेपालले प्रतिनिधित्व गर्ने नेपाल पहिलो नम्बरमा रहेको छ।