काठमाडौं। आयरल्याण्डसंगको साझेदारीमा जेम्स इन्स्टिच्युट अफ हायर एजुकेसनले छोटो अवधिको लागि डिजिटल मार्केटिङ कोर्ष सञ्चालन गर्दै छ। उक्त विषयमा विस्तृत रुपमा जानकारी गराउने उद्देश्यले जेम्स इन्स्टिच्युट अफ हायर एजुकेसनले वेबिनार कार्यक्रम आयोजना गरीएको छ। सो कार्यक्रममा डिजिटल मार्केटिङ विष्यमा छोटो अवधिको लागि दर्ता गराउन खोज्ने उम्मेदवारको पनि सहभागिता रहेको थियो।
डिजिटल मार्केटिङ कोर्स नेपालमा पहिलो पटक सञ्चालनमा गर्न लागेको हो। कार्यक्रममा उपस्थित सहभागिहरुले उक्त कोर्स सञ्चालन, प्रमाणीकरण तथा परिणामसँग सम्बन्धित विषषयमा विभिन्न प्रश्नहरु सोधेका थिए। उक्त प्रश्नको उत्तर डिजिटल मार्केटिङ कोर्सका अनुमोदन प्रदायक साझेदार र वैश्विक साझेदारले दिएका थिए। डिजिटल मार्केटिङ कोर्स प्रत्यक्ष तथा अनलाइन माध्यमबाट पनि सञ्चालन गर्न सकिने ३ महिने सीपमुलक कोर्स हो। डिजिटल करियर विकास गर्ने, व्यवसायिक सीप विकास गर्ने उद्देश्यले डीएमआईद्धारा सञ्चालन गरीएको सो कोर्स विश्वव्यापी मान्यता प्राप्त कोर्स हो।
माध्यमिक, स्नातक र स्नाकोत्तर उत्रीण गरेका सम्पुर्ण विधार्थीहरुको लागि साथै साना व्यवसाय तथा उधमीहरुलाई र डिजिटल मार्केटिङ क्षेत्रमा काम गर्न चाहनेहरुलाई डिजिटल मार्केटिङ विषय आवश्यक र उपयोगि रहेको छ, साथै सो विषय अन्तर्गत ८ वटा गौण व्यवसायिक सीप र १० वटा प्रमुख मोडेल रहेका छन्। उक्त विषयको कक्षा सञ्चालन अक्टुबरको पहिलो हप्ताबाट हुने योजना रहेको छ।