काठमाडौं। खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी वितरणका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
मन्त्री चौधरीले काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनः वितरणका लागि हरेक किसिमले तयारी अवस्थामा रहन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) लाई निर्देशन दिएका हुन्।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडको १४औँ वार्षिकोत्सवका अवसरमा सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आयोजित समारोहमा मन्त्री चौधरीले यस्तो निर्देशन दिएका हुन् । उनले काठमाडौं उपत्यकामा देखिएको पानीको अभाव कम गर्न योजनाबद्ध ढङ्गले अगाडि बढ्नसमेत केयूकेएललाई निर्देशन दिए।
मन्त्री चौधरीले चैत मसान्तभित्र मेलम्चीको पानी पुनः काठमाडौं उपत्यकामा वितरण गर्ने उद्देश्यसहित अहिले आयोजनाको पुनर्निर्माणको काम भइरहेको जानकारी समेत दिए।