कञ्चनपुर। कम्प्युटर शिक्षा विधार्थीको पहुँच बढाउने उद्देश्यले व्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजनाको आर्थिक सहयोगमा शुक्लाफाँट नगरपालिका झलारीस्थित श्रीकृष्ण माध्क्यमिक विधालयमा प्रविधिमैत्रि कक्षाकोठा निर्माण गरिएको छ। विधालयका सहायकको अनुसार देश विदेशमा भएको प्रविधि, कृषि बैज्ञानिक उपलब्धि तथा अन्य विकासको घटनाक्रमको बारेमा र कम्प्युटर सम्बन्धि ज्ञान विधार्थीलाई प्रदान गर्ने हेतुले परियोजनाको ३२ लाख सहयोगमा कम्प्युटर, ल्यापटप, सिसिटिभी क्यामेरा, स्मार्ट बोर्ड, फर्निचर,क्यामेरा आदि व्यवस्था गरि प्रविधिमैत्रि कक्षाकोठा निर्माण गरेर सञ्चालनमा ल्याइएको हो।
परियोजनाको सहयोगमा किनेको २६ वटा कम्प्युटरले नपुग्ने भएको कारणले विधालयको लगानीमा २४ वटा कम्प्युटर खरिद गरी कक्षा कोठामा राखिएको छ। जसले गर्दा कम्प्युटरमा विधार्थीको पहुँच अभिबृद्धि भएको हो। विधालयको गतिविधिहरुलाई जानकारी दिनको लागि डिजिटल नोटिस बोर्डको पनि व्यवस्था गरिएको छ। प्रविधिको बारेमा पठनपाठन गराउने शिक्षकलाई तालिम दिएर दक्ष पनि बनाइएको छ। कक्षा १ देखि १२ सम्म र डिप्लोमा र प्रि डिप्लोमाका बिधार्थीहरुलाई आवश्यकता अनुसार कम्प्युटर शिक्षा दिइरहेको कुरा विधालयका सहाएकले जनाएका छन्। परियोजना अन्तर्गत देशभरिका ७० वटा विधालयहरुबाट आशयपत्र आएकोमा ४० वटा विधालयमात्र छनोट भएको छ। त्यसमध्येमा सुदुरपश्चिमको श्रीकृष्ण माध्यमिक विधालय पनि छनोटमा परेको थियो।