भक्तपुर। मध्यपुर ठिमि नगरपालीकाको बोडेस्थीत पलिस्वाँ पुखुः कमल पोखरी पुनर्निर्माण भएको छ। जसले आन्तरिक पर्यटकहरुलाई आकर्षित गरेको छ।
पानी सुकेपछि पटक-पटक विभिन्न व्यक्तिका नाममा किनबेचसमेत भएको उक्त पोखरीको जमिनलाई नगरपालीका र स्थानीय वासीन्दाको पहलमा पहिलाकै अवस्थामा ल्याइएको छ। लोप हुँदै गएको उक्त पोखरीको पुनर्निर्माण गरी डुङ्गा सञ्चालन गरेपछि पर्यटकको गन्तव्य स्थल बन्न पुगेको हो। यसले गर्दा यस क्षेत्रको गरिमा मात्र नभएर आर्थिक क्षेत्रमा पनि टेवा पुग्नेछ।
कमल पोखरी सार्वजानीक सम्पति भएको भनि अदालतले फैसला सुनाएपछि पोखरीको संरक्षणको काम अगाडी बढेको नगरपालीकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो। विशेष गरेर बिदाको दिनमा अवलोकनका लागी बढी आउने कुमारी पार्कका संयोजकले बताउनुभयो। सोही पोखरीमा अन्य मनोरञ्जनका साथै ग्रास कार्प, सिल्भर कार्पलगायत २० हजार माछाहरु हालिएको छ।