काठमाण्डौं। कोभिड १९ को पहिलो र दास्रो लहरका कारण धेरै प्रभावित होटल उद्योगले सर्वत्र ढोका बन्द भएको समयमा संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र सीसीएमसीसँगको प्रत्यक्ष सहकार्य गर्दै क्वारेन्टिन, आइसोलेन लगाएतका अन्य कोभिड १९ रोकथामका लागी पुर्याएको अतुलनिय योगदानलाई कदर गर्दै विश्व वातावरण दिवसका अवसरमा होटल संघ नेपाललाई सम्मान पत्र प्रदान गरिएको छ। यस्तो महामरिमा गरेको योगदानले जनताको लागी धेरै सहयोग पुगेको र राम्रो कामको सम्मानले फेरी अन्य काम गर्न हौँसला प्रदान गर्ने विश्वास गरिएको छ।
उक्त सम्मानपत्र होटल संघ नेपालका महासचिव साजन शाक्यलाई संस्कृति, पर्यटन तथा नागरिक यड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाद्धारा प्रदान गरिएको हो। यही अवसरमा आउँदा दिनहरुमा पनि राज्यलाई सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता महासचिव शाक्यले व्यक्त गर्दै आफ्नो कामको मुल्याङ्न गरी सम्मान गरेकोमा खुसी व्यक्त गर्नु भएको थियो।