काठमाडौं। राजधानीको सोल्टी होटेलमा बिहिबार सम्पन्न भएको कार्यशालामा मिडिया एलायन्स नेपालले कोरोना महामारीको कारण थला परेको सञ्चार उधोगलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल गरेका छन्। उक्त कार्यशालामा भारतका मिडिया गुरुले सञ्चार उधोगको व्यवसायिक उत्थानको लागि व्यवसयिक योजना बनाउन आवश्यक रहेको कुरालाई औल्याएका छन्। साथै १५ वटा सञ्चार माध्यमका लगानीकर्ताहरु, व्यवस्थापक तथा सम्पादक मिलेर सामुहिक लक्ष्य प्राप्ति गर्ने उद्देश्यले अगाडी बढ्ने भएका छन्। जुन कार्यले सञ्चार क्षेत्रमा सकारात्मक संकेत पनि ल्याएको छ। उक्त कार्य सम्भवतःविश्वमा नै पहिलो र ऐतिहासिक काम भएकोले गर्दा सञ्चार क्षेत्रमा नयाँ ट्रेण्ड स्थापित गर्न सफलता मिलोस भन्दै शुभकामना पनि व्यक्त गरेका छन्।

सञ्चार माध्यमले अन्य उधोगधन्दा,व्यवसाय तथा राजनीतिक नेतृत्वम आवद्ध व्यक्तिको छवि बनाउने काम गरेको छ तर आफ्नै उधोगको छवि बनाउन नसक्दा समस्या उत्पन्न भएको छ। मिडिया एलायन्सले सामुहिक एप तयार पारेर यसमा आबद्ध भएका सम्पुर्ण सञ्चार माध्यमको समाचार समायोजन गरी वितरण गर्ने प्रणालीलाई अगाडी बढाउने भएको छ। उक्त कार्यले बिज्ञापन बजारमा हुने अस्वस्थ प्रतिस्पर्धासुमेत रोक्न सहयोग पुग्ने विश्वास राखिएको छ। १२ सय करोडको विज्ञापनलाई २५ करोड पुर्याउने मिडिया एलायन्स तथा एभिन्युज टेलिभिजनका अध्यक्षको लक्ष्य रहेको छ। २० अर्ब भन्दा बढी लगानी भएको उधोग सञ्चार नीतिको अभावमा टुहुरो जस्तो भएको छ।
सञ्चार उधमीले अहम र इष्र्यालाई हटाएर सिंगो सञ्चार उधोगको विकासको लागि काम गर्नुपर्ने आवश्यकता रहेको र आफ्नो छविभन्दा समाज र देशको लागि सञ्चार माध्यमले पार्ने प्रभावलाई महत्व दिनु पर्ने धारणा व्यक्त गर्दै एलायन्सका महा सचिवले कोरोना महामारीको बेला सञ्चार माध्य मले देशको लागि दिएको यागदानलाई सरकारले बिर्सन नहुने कुरा जनाएका छन्।
कोरोनाको जोखिम मोलेर सुचना प्रवाह गरिरहेका तर अर्थतन्त्रमा परेको मारसँगै धरायसी बन्न पुगेका सञ्चार उधोगलाई जोगाउन सरकारले सहयोग आवश्यकता रहेको छ। सञ्चार माध्यम उधमीहरु एक आपसमा अस्वस्थ प्रतिस्पर्धालाई हटाएर सहकार्य र स्वस्थ प्रतिस्पर्धाको साथ अगाडी बढेमा बढी लाभ लिन सक्ने विश्वास रहेको छ।