मोरङ। प्रदेश नं. १ अन्तर्गत पर्ने केराबारी गाउँपालिकाले बजार क्षेत्रको नाली निर्माण गर्ने भएको छ। उक्त गाउँपालिकाको बजार क्षेत्रमा नालीको व्यवस्था हुन नसकेको कारणले गर्दा दुर्गन्ध फैलिएको थियो। त्यसैले त्यहाँको स्थानीय तथा व्यापारीले नाली व्यवस्थापनको लागि माग गरेको हुनाले गाउँपालिकाले नाली निर्माण गर्न लागेको हो। अव्यवस्थित नालिको कारणले त्याँहाका स्थानीयलाई धेरै समस्या परेको थियो।
केराबारी गाउँपालिकाले उक्त नाली निर्माणको लागि ९३ लाख भन्दा बढी लागतमा श्री एल एण्ड एम कन्स्ट्रक्सनलाई ठेक्का दिएको छ। उक्त निर्माण कम्पनीले उल्लेखित रकममा समयमा नै निर्माण कार्य सक्ने सर्तमा उक्त ठेक्का सम्झौता स्वीकार गरीसकेको छ। बजार क्षेत्रको नाली निर्माण हुने कुराले स्थानीय खुसि भएका छन्। अव्यवस्थित रुपमा रहेको नालीले बजार क्षेत्रमा प्रभाव पारेको कारणले गर्दा नालि निर्माण गरी बजार क्षेत्रलाई सफा बनाउने उद्देश्यले उक्त योजना थालिएको गाउँपालिकाले जानकारी दिइएको हो।