बैतडी। बैतडी निर्माण व्यवसायी संघको अध्यक्षमा सुरेश बहादुर चन्द चयन भएका छन्। संघको १७ औं साधारण सभा तथा नवौं जिल्ला अधिवेशनबाट चन्द अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।
यस अघि पनि अध्यक्ष रहेका चन्द पुनः सर्वसम्मत चयन भएको वरिष्ठ उपाध्यक्ष कमल बोहराले जानकारी दिए ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कमल सिंह बोहरा , वित्तीय उपाध्यक्षमा दमन कुवर, महासचिवमा विकास चन्द, सचिवमा पुरन टेर, कोषाध्यक्षमा श्याम बहादुर चन्द सहित १७ जनाको जिल्ला कमिटी सर्वसम्मत चयन भएको छ।