काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्ना संरचना प्रयोग गरेर भाडा नतिरेका इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकको लाइन काट्न शुरु गरेको छ ।
प्राधिकरणले पोल, अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा नतिरेका सेवा प्रदायकहरूको लाइन काट्न शुरु गरेको हो ।
बक्यौता बुझाउन र सम्झौता नवीकरण गर्न दिइएको समयसीमा सकिएपछि प्राधिकरणले उनीहरुलाई कारबाही गर्न शुरु गरेको हो । प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालयले आज देखि इन्टेरनेट, टेलिफोन र केबल टेलिभिजनको लाइन काटन् शुरु गरेको जनाएको छ ।
मुख्य लाइन काट्दा धेरै उपभोक्तालाई असर पर्ने भएकाले सांकेतिक रूपमा एक्सटेन्सन लाइन काटिने निर्देशनालयले जनाएको छ ।