काठमाडौं। दाङको तुलसीपुर उपमहानगरपालिका–१९ स्थित पर्यटकीयस्थल छिल्लीकोटमा केबुलकार निर्माण अझै शुरू हुन सकेको छैन। सर्वेक्षण गरिएको एक वर्षभन्दा बढी हुँदा समेत केबुलकार निर्माण काम शुरू गर्ने टुंगो लाग्न नसकेको हो।
केबुलकार र जिपलाइन निर्माण भएपछि छिल्लीकोटको विकासले फड्को मार्ने स्थानीयवासीको अपेक्षा छ। छिल्लीकोटमा रहेको बुद्ध ढुंगा नजिकबाट एक हजार ४०० मिटरको दूरीमा केबुलकार सञ्चालन गर्नेगरी सर्वेक्षण गरिएको थियो। त्यहाँ दुईपटक सर्वेक्षण भइसकेको छ।
करीब एक अर्ब ४० करोड लागतमा केबुलकार निर्माण गर्ने तयारी भए पनि कोरोनाका कारण काम अघि बढ्न नसकेको बताइएको छ।