नेपाल टेलिकमले परम्परागत नेटवर्कको सट्टा ग्राहक परिसरमा अप्टिकल फाइबर सेवा उपलब्ध गरायको छ । यसले एउटै फाइबर मार्फत् ब्रोडब्यान्ड इन्टरनेट सेवा , भ्वाइस सेवा र टेलिभिजन सेवाहरु दिने भयको छ ।
यसका लागी ग्राहकले फाइबर टु द होम ( FTTH ) का लागी सेवा दर्ता फारम भरी प्याकेज छनौट गरेर नजिकैको दूरसंचार कार्यालयमा फर्म बुझाउनु पर्छ । नेपाल टेलिकमले अहिलेसम्म काठमाण्डौं, चितवन, धनुषा, मकवानपुर लगायतका बिभन्न जिल्लाहरुमा उक्त सेवा बिस्तार गरिसकेको छ । साथै देशको अन्य क्षेत्रमा पनि उक्त सेवा चाडै पुर्याइने हिसाबले काम गरिरहेको छ ।
यस सेवाले गर्दा कोभिडको समयमा घरमै बसेर काम गर्नेहरुको सँख्या बढेकोले उनिहरुका लागि काम गर्न निकै सहज भयको छ ।