काठमाडौं। इलामको माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँ बजारमा हिजो एक कार्यक्रमबीच प्रथम किरातहरु राजा यलम्बर र हाब्रे (रेड पाण्डा) को प्रतिमाको उद्घाटन गरिएको छ। यलम्बरको सम्झनामा नयाँ बजारस्थित किरातहरूको शाकेला थानमा घोडामा चढेको यलम्बरको प्रतिमाको उद्घाटन गरिएको हो।
घोडा चढेको यलम्बरको प्रतिमा नेपालमै नयाँ र पहिलोसमेत रहेको बताइएको छ। उक्त प्रतिमा स्थापनाका लागि गाउँपालिका अध्यक्षले आफ्नो स्वर्गीय पिताको नाममा नगद १ लाख १ हजार, पूर्वप्रधानमन्त्री एवम् इलाम क्षेत्र १ का सांसद झलनाथ खनालले १ लाख १ हजार, माइजोगमाई गाउँपालिकाबाट ५ लाख र अन्य सहयोगी दाताबाट समेत रकम सहयोग गरि उक्त प्रतिमा स्थापना गरिएको बताइएको छ।
त्यसैगरी गाउँपालिकाको केन्द्र नयाँ बजारको मुख्य चोकमा रेड पान्डाको मूर्तिसमेत अनावरण गरिएको छ। लोपोन्मुख रेड पान्डा संरक्षणको सन्देश दिन मूर्ति निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।
.jpg)