काठमाडौं। सिरहाको मारुती सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको दुर्घटनामा परि मृत्यु भएको छ। उद्योगमा प्रोजेक्ट साइडको एसआरएम ईन्जिनियरको रुपमा कार्यरत वेल्डर प्यूठानका २८ वर्षिय बेच बहादुर पुर्ण मगरको काम गरिरहेको अबस्थामा दुर्घटना भई मृत्यु भएको हो।
काम गरिरहेका अवस्थामा चेनपुल्लिले माथि तानिरहेको फलामे पाइप झरेर टाउकोमा लाग्दा मगरको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
मजदुरको मृत्यु पछि हिजो विहानै देखि मजदुरहरुले घटनाको छानविन गरी लापर्वाही गर्नेलाई कार्वाहीको माँग गर्दै उद्योग बन्द गरेका छन्। उद्योगले कामदारहरुलाई अपनाउनु पर्ने सुरक्षा विधि नअपनाएको कारण दुर्घटना हुने गरेको आरोप लगाइएको छ।