काठमाडौं। सडक निर्माणको अवरोध हटाउने क्रममा झडप भएको छ। सल्लीसल्ला–पिप्लाङ–माछापानी हुँदै नेप्का–टाँके जोड्ने वैकल्पिक व्यापारिक सडकमार्ग खन्ने क्रममा झडप भएको हो।
नेप्का–टाँके जोड्ने सडक खन्ने काम अवरुद्ध भएपछि चंखेली गाउँपालिकाको नेप्काका स्थानीय ठेकेदारलाई सघाउन पुगेका थिए। सोही क्रममा वडा नं. ४ का केही युवाले वडा नं. ५ नेप्काका स्थानीयमाथि कुटपिट गरेका हुन्।
कुटपिटबाट धर्मा तामाङ घाइते भएकी छिन्। अन्य आधा दर्जन नेप्काका स्थानीयलाई सामान्य चोट लागेको छ। अहिले तामाङको अवस्था सामान्य रहेको बताइएको छ। झगडा गर्ने युवाहरूले मदिरा सेवन गरी कुटपिट गरेको बताइएको छ। उनीहरूले सडकमाथिबाट ढुंगासमेत गुल्ट्याएका थिए। कुटपिट गर्नेहरूविरूद्व मेल्छाम प्रहरी चौकीमा उजुरी दिइएको स्थानीयले बताए।