दार्चुला। तिंकर सडकबाट ट्याक्टर खस्दा एक जनाको मृत्यू भएको छ। व्यास गाउँपालिका–४ स्थित निर्माणाधीन दार्चुला–तिंकर सडकको डोकट क्षेत्रमा मंगलबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
सडक निर्माण कार्यमा संलग्न से २ त १७९९ नम्बरको ट्याक्टर सडकबाट १५ मिटर तल खस्दा २६ वर्षीय वीरेन्द्र खड्काको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ट्याक्टर चालक बझाङको सुर्मा गाउँपालिकाका २८ वर्षीय मान बोहरा फरार रहेका छन्। फरार ट्याक्टर चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।