काठमाडौं। पप्पुसहित तीन निर्माण कम्पनीसँग सात दिने स्पष्टीकरण मागेको छ। उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय, व्यापारिक मार्ग विस्तार योजना वीरगंज–पथलैया सडक आयोजनाले जेभीसहितका तीन निर्माण कम्पनीसँग सात दिने स्पष्टीकरण मागेको हो।
खरिद सम्झौता अनुसार काम नभएको भन्दै एमआर–पप्पु–कोन टेक जेभी, पप्पु–लुम्बिनी जेभी, र शर्मा–युनाइटेड बिल्डर्स–दिवा जेभीसँग स्पष्टीकरण मागिएको हो।
सात दिनभित्र उपस्थित नभए सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ (१) (ग) अनुसार सम्झौता अनुसार दायित्व पुरा नगरेकाले सोही दफा ५९ (२),(क) बमोजिम खरिद सम्झौताको अन्त्य गरि कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।