डोटी। अज्ञात व्यक्तिद्वारा डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायल बासुधारास्थित दुर्गा भगवती मन्दिरमा चढाइएको घण्ट चोरी भएको छ। २८ वर्ष पुरानो घण्ट चोरी भएको हो।
दिपायल सिलगढी–१ तिखागाउँका दत्तुसिंह खड्काले विसं २०५० मा चढाएको कम्तीमा पनि ४५ किलोको घण्ट चोरी भएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ।
यही फागुन १८ गते राति उक्त घण्ट चोरी भएको खबर आएको छ, खोजीकार्यका लागि प्रहरी टोली परिचालन गरेका छौँ, कसले र किन चोरको हो यकिन गर्न नसकिएको प्रहरीले बताएको छ।